Logo

रहेनन् व्यवसायी रुक्मशमशेर राणा



काठमाडौं, भदौ २६ । भारतका लागि पूर्व नेपाली राजूत तथा व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रबन्धक निर्देशकसमेत रहेका राणाको बत्तिसपुतलीस्थित आफ्नै निवासमा शनिबार बिहान निधन भएको हो ।

स्वर्गीय राणा सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए । उनी नेपाल भारत चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष हुन् । उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौँ र तेह्रौँ सदस्यसचिव थिए। राणाको भोली दाहसंस्कार गरिनेछ।

सुवर्ण शमशेर राणाका जेठा छोरा कनक शमशेर, माइला कञ्चन र कान्छा रुक्म हुन् ।



प्रतिक्रिया दिनुहोस्