Logo

डा. प्रकाशशरण महतले भने : बैशाखमा निर्वाचन हुनुपर्छ, कांग्रेसले बहुमतको सरकार चलाउनुपर्छ (भिडिओसहित)



काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले चाँडो निर्वाचन भए आफ्नो पार्टीलाई राम्रो हुने बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई बहुमत दिलाउने पनि दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री देउवा सफल हुने पनि दाबी गरे । उनले वर्तमान सरकार १६ महिना जानसक्ने भएपनि आफू त अगाडि नै निर्वाचन होस भन्ने पक्षमा रहेको सुनाए । उनले भने-“मेरो व्यक्तिगत राय भनेको त बैशाखमा निर्वाचन हुनुपर्छ । कांग्रेसले बहुमत ल्याउनुपर्छ । बहुमतको आधारमा शासन सक्ता चलाउनुपर्छ । नेपाली कांग्रेसको शासन फरक हुन्छ। जनताको सेवामा सरकार केन्द्रित हुन्छ भन्ने देखाउनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्