Logo

बुद्धि र रिस्माको ‘जाले रुमाल’ सार्वजनिक



काठमाडौं, २६ भदौ । बुद्धि तामाङ र रिस्मा गुरुङ अभिनीत नयाँ गीत ‘जाले रुमाल’ सार्वजनिक भएको छ । गायक कृष्ण केसीको गीतमा सुरेश अधिकारीको संगीत, कृष्णकै शब्द र राजन इसानको एरेञ्ज छ ।
भिडियोमा बुद्धिको रिस्मासँगको प्रेमलाई रमाइलो तरिकाले देखाइएको छ ।

गायक कृष्णकै निर्देशन रहेको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ । साथै पवन सुसलिङको छायांकन, प्रमोद श्रेष्ठको स्टिल फोटोग्राफी र पवन सुस्लिङकै सम्पादन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्