Logo

दीपक खड्का संखुवासभाको उम्लिङ हत्याकाण्डको घट्नास्थलमा, मृत्तकका आफन्तलाई भेटे



काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डको घट्नास्थलमा पुगेका छन् । उक्त हत्याकाण्डमा एकै परिवारका ६ जनाको हत्या भएको थियो ।

खड्काले मृत्तकका आफन्तलाई भेटेर सान्तवना समेत दिएका थिए । र, हत्यामा संलग्न दोषीलाई कानूनी कठघरामा उभ्याउने र सजाय दिलाउने पनि प्रतिबद्धता जनाएका छन् । संखुवासभा नेता खड्काको गृहजिल्ला हो ।

हत्या भएको पाँच दिनपछि प्रहरीले हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् । Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्