Logo

एमाले सांसद गिरीलाई ऋषि धमलाको प्रश्न : सभामुखमाथि किन आक्रामण गर्न खोजेको ? (भिडिओ सहित)



काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का सांसद पदम गिरीले प्रधानमन्त्री शेरबहादुर देउवाको कारण हिजो संसद् बैठकमा आफूहरु आक्रामक रुपमा प्रस्तुत हुनुपरेको कारण सुनाएका छन् । उनले सभामुख अग्नि प्रसाद सापकोटाले संसदभित्र सहमतिको वातावरण नबनाएको बरु छापामार शैलीले संसद् चलाउन खोजेको पनि आरोप लगाएका छन् ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सभामुखले गल्ती महशुस नगरेको पनि जिकिर गरे । सभामुखले एमाले विभाजनको लागि मतियारको भूमिका निर्वाह गरेको पनि उनको आरोप थियो । उनले भने, सभामुखजस्तो व्यक्तिले एमालेले निश्काषन गरिसकेको सांसदलाई कारबाहीको सूचना दिनुपर्दैन ? एमालेले कारबाही गरेका १४ जना सांसदको सूचना टाँस गर्न नपर्ने ? उहाँले विगतमा आफ्नो नजिरलाई लत्याउनुभयो । उनले संसदमा अहिलेको गतिरोध सभामुखले नै गाँठो फुकाउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्