Logo

यी हुन् कार्की परिवारका ६ जनाको हत्या गर्ने आरोपी



काठमाडौं, २६ भाद्र । संखुवासभाको मादी नगरपालिका उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्याका आरोपीलाई प्रहरीले नियन्त्रणमा लिई बयान सुरु गरेको छ । पीडित कार्की परिवारको नजिक घर भएका आफन्त लोकबहादुर कार्कीले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जानकारी दिएको छ ।

लोकबहादुर नाताले मृतक तेजबहादुर कार्कीका भतिजा हुन् । उनी घटनाको दिन लोकबहादुरलाई खेताला भन्न गएका थिए । तर बाटोमा कुरेर उनको हत्या गरे ।

लोकबहादुर २६ वर्षका हुन् । खासै राम्रो कामकाज नपाएका उनी मानसिक रोगी समेत भएको खुलेको छ । मानसिक रोगको औषधी खाने गरेका उनले योजनावद्ध तरिकाले तेजबहादुरको हत्या गरेको अनुसन्धानबाट देखिएको छ ।

पुरानो रिसबी समेत साँधेको बयानबाट देखिएको प्रहरी स्रोतले बताएको छ । तेजबहादुरको घरमा लोकबहादुरको आमा लडेकी र उपचारका क्रममा मृत्यु भएपछि हत्याको आशंका समेत गरेको बयानबाट देखिएको प्रहरीले बतायो ।

तेजबहादुर अरुलाई तल झारेर बोल्ने र हेप्ने प्रवृत्तिका भएबाट लोकबहादुर निकै रिसाएका थिए । उनले त्यही रिसमा हत्या गरेको खुलेको छ । हत्याको जानकारी उनको परिवारको सदस्यले पनि थाहापाएपनि लुकाउन खोजेको अनुसन्धानले देखाएको बुझिएको छ ।

तेजबहादुरको हत्या पछि घटना देखेका जतिलाई उनले ह्यामरले हानेर हत्या गरेको अनुसन्धानले देखाएको प्रहरीले जानकारी दियो । २ बालबालिकालाई समेत लखेटेर हत्या गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्