Logo

विप्वल नेतृत्वको नेकपाद्धारा भदौ २८ गते काठमाडौँमा एमसीसी विरुद्ध प्रदर्शन गर्ने घोषणा



काठमाडौं, २६ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसीको विरुद्धमा आन्दोलन गर्ने भएको छ । आज पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता प्रकाण्डले यस्तो जानकारी दिएका हुन् ।

पार्टीको आयोजनामा भदौ २८ गते काठमाडौँमा एमसीसी विरुद्ध प्रदर्शन हुनेछ । प्रवक्ता प्रकाण्डले एमसीसीलाई नेपालबाट सधैँलाई अन्त्य गर्ने गरी आन्दोलनको घोषणा गरिएको स्पष्ट पारे । उनले भने, ‘एमसीसीलाई नेपालबाट सधैँभर नेपालबाट हटाउनुपर्छ । यो सरकारले राष्ट्रघाती परियोजना एमसीसी पास गर्ने मुर्खता नगरोस् ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्