Logo

एमसीसीबारे राजेश हमालले भने– जनतालाई चित्त नबुझाएर पास गर्नुहुँदैन



काठमाडौं, २६ भदौ । महानायक राजेश हमालले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे आफ्नो भनाई राखेका छन् । उनले सामाजीक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै नेपाली जनता एमसीसीको विरोधमा रहेकाले जनताको भावनाको विरुद्धमा काम नगर्न आग्रह गरेका छन् ।

उनले अमेरिका नेपालीको भावना र असन्तुष्टि प्रति संवेदनशिल हुन आवश्यक रहेको बताएका छन् ।साथै, नेपाली जनताको भावनालाई चित्त नबुझाईकन गरिएका क्रियाकलापहरु दुरगामी असर पर्ने भन्दै उनले भनेका छन्, ‘आफ्नो छविप्रति अन्य राष्ट्रका नागरिकहरुको विश्वास दिलाउन र असन्तुष्टिलाई स्पष्ट पार्ने भूमिका हुन्छ । यो भूमिका निर्वाह गर्न अमेरिका तयार हुनुपर्छ । किनकी कुनै राष्ट्र र नागरिकको चाहना र भावना विपरित गरिएको क्रियाकलाप कहिँ पनि सौहार्दपूर्ण हुँदैन । नेपाल सरकार र अमेरिकाले एमसीसीबारे प्रष्ट्याउनुपर्छ’।

हमालले नेपालको विगत र वर्तमानको परराष्ट्र नीति असंलग्नता र पञ्चशीलमा आधारित रहेको स्मरण गर्दै नेपाल सबै राष्ट्रसँग मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध कायम गर्ने पक्षमा रहेको जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्