Logo

आईसीसीको नयाँ वरीयतामा नेपाल यथावत स्थानमा



काठमाडौं, २६ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ ।आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल एकदिवसीय र टी–ट्वान्टी दुबैमा यथावत रहेको हो ।

टी–ट्वान्टीमा नेपाल १३ औं स्थानमा रहेको छ । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ ।यस्तै, भारत दोस्रो, पाकिस्तान तेस्रो, न्युजिल्याण्ड चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।
साथै, एकदिवसीयमा नेपाल १६ औं स्थानमा रहेको छ ।

एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्