Logo

भारी वर्षाले दिल्ली जलमग्न, एयरपोर्टमै पानी भरियो (भिडियोसहित)



एजेन्सी, २६ भाद्र । भारी वर्षाले नयाँ दिल्लीमा धेरै स्थानहरु जलमग्न भएका छन् । सडक, रेलका अलावा हवाई यातायात सेवा समेत प्रभावित भएका छन् ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न टर्मिनलमा पानी पसेको छ । पानीले टर्मिनल प्रभावित हुँदा यात्रुहरु प्रभावित भएका छन् ।

टर्मिनल भित्रै पनि पानी भरिएको देखिएको छ । खराब मौसमका कारण दिल्लीमा आउने र जाने विमानहरु प्रभावित भएका छन् ।

यसवर्ष दिल्लीमा एक हजार मिलिमिटर वर्षा भइसकेको छ । अहिलेसम्म दिल्लीमा सन् २००३ मा सर्वाधिक वर्षा भएको रेकर्ड छ । यसवर्ष रेकर्ड तोडिने सम्भावना देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्