Logo

अर्थमन्त्री शर्मासँग एमसीसी उपाध्यक्ष सुमारको भेटवार्ता



काठमाडौं, २६ भाद्र । एमसीसी उपाध्यक्ष फतिमा सुमारले आज अर्थमन्त्री जर्नादन शर्मासँग भेटवार्ता गरेकी छिन् । अर्थ मन्त्रालयमा भएको भेटमा एमसीसी अगाडि बढाउनेबारे छलफल भएको बुझिएको छ ।

अर्थमन्त्री शर्माले राष्ट्रिय सहमति गरेर एमसीसीमा सहमति बनाएर नेपालको हित अनुरुप अगाडि बढाउन सकिने बताएका छन् । एमसीसी उपाध्यक्ष सुमारले एमसीसी अगाडि बढाउनेबारे छलफल केन्द्रित गरेको बुझिएको छ ।

यसअघि सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, ऊर्जामन्त्री पम्फा भुसालसँग भेटवार्ता गरिसकेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्