Logo

यी हुन् एमालेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधि



काठमाडौं, २६ भाद्र । नेकपा एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ सम्म काठमाडौंमा हुने भएको छ । अधिवेशनमा ३ हजार प्रतिनिधि सहभागी हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सदस्य देखि स्थानीय निकायका प्रमुख पदमा रहेका जनप्रतिनिधि सहभागी हुने तय भएको छ । १० प्रतिशत मनोनितलाई समेत प्रतिनिधिका रुपमा सहभागी गराइने भएको छ ।

एकता प्रक्रियामा छुटेका र विभिन्न क्षेत्रका एमालेका कार्यकर्तालाई समेट्न अध्यक्ष केपी ओलीकै चाहना अनुसार १० प्रतिशत प्रतिनिधि सुनिश्चित गरिएको बुझिएको छ ।

विधान महाधिवेशनमा सहभागी हुनेहरु

१. केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य
२. अनुशासन आयोगका पदाधिकारी र सदस्य
३. लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य
४. निर्वाचन आयोगका पदाधिकारी र सदस्य
५. केन्द्रीय विभागका सचिवसहित १५ जना
६. सल्लाहकार परिषदका पदाधिकारी र सदस्य
७. ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य
८. प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य
९. जिल्ला कमिटी र सो सरहका कमिटीका पदाधिकारी र सदस्य
१०. निर्वाचन क्षेत्रबाट दलित, महिला र खुलातर्फ एक एक सदस्य
११. हरेक जनवर्गीय संगठनका पदाधिकारीमध्येबाट १० जना
१२. पार्टीका संघीय संसदका सांसद
१३. पार्टीका प्रदेशसभाका सांसद
१४. पार्टीका स्थानीय निकायका प्रमुख र उपप्रमुख
१५.मनोनित १० प्रतिशत

Photo: Mukunda Kalikote/Reportersnepal



प्रतिक्रिया दिनुहोस्