Logo

रुक्म शमशेरलाई काँग्रेस सभापति देउवासहितका नेताहरुद्वारा श्रद्धाञ्जली



काठमाडौं, २६ भाद्र । पूर्वराजदूत रुक्म शमशेर राणालाई नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनलाई श्रद्धाञ्जली दिन देउवा वत्तीसपुतलीस्थित निवासमै पुगेका थिए ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महतलगायत निवासमै पुगेका थिए ।

काँग्रेसका संस्थापक नेता तथा दिवंगत प्रधानमन्त्री सुवर्ण शमशेरका कान्छा छोरा रुक्म शमशेर राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव समेत बनेका थिए ।

८५ वर्षीय राणा मधुमेह, उच्च रक्तचाप र मृगौलासम्बन्धी समस्यासँग जुध्दै आएका थिए ।

Photo: Mukunda Kalikote/Reportersnepal



प्रतिक्रिया दिनुहोस्