Logo

सारथी दिदि बहिनी समूह, ठैवमा गुर्जोको विरुवा, धुलो औषधी र चिया प्याकेट वितरण



काठमाडौं, २६ भदौ । सारथी दिदि बहिनी समूह, ठैवमा सहभागीहरुलाई गुर्जोको बेर्ना, गुर्जो चिया प्याकेट र धुलो औषधी विरतण गरिएको छ । निःशुल्क गुर्जो वितरण अभियन्ता कमलबहादुर राजलवटले उपस्थित् सबैलाई गुर्जोको विरुवा, धुलो औषधी र चिया प्याकेट वितरण गरेका हुन् ।

उक्त कार्यक्रममा समूहका अध्यक्ष मैया दाहालले गुर्जोको महत्वको बारेमा प्रकाश पारेकी थिईन् । राजलवटका अनुसार महानगरीय टाफिक प्रहरी प्रभाग, कोटेश्वरमा निरा गृहणी समाजको सक्रियतामा गुर्जोरोपण गरिएको थियो । र, सबैलाई गुर्जोको चिया र धुलो औषधीसमेत सेवा गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्