Logo

बेलायती किशोरीले युएस ओपन जितेर बनाइन् नयाँ किर्तिमान



एजेन्सी, २७ भाद्र । बेलायती किशोरी इम्मा राडुकानुले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । उनले क्यानडाकी किशोरी लिइला फर्नान्डेजलाई पराजित गर्दै उपाधि जितेकी हुन् ।

राडुकानु टेनिस इतिहासमा क्वालिफायका रुपमा अवसर पाएर ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी समेत बनेकी छिन् । उनले खेल जितेपछि आश्चर्यको भाव समेत जनाएकी छिन् ।

चिनियाँ मूलकी आमा र रोमानिया मूलका बाबुकी छोरी राडुकानुले स्टार खेलाडीहरुलाई पन्छाउँदै उपाधि जितेकी हुन् । उनले लिइलालाई ६-४ र ६-३ को सेटमा हराइन् । युएस ओपनको प्रतिष्पर्धा भर उनले कुनैपनि सेट गुमाइनन् ।



प्रतिक्रिया दिनुहोस्