Logo

भगवान श्रीकृष्णको शरीरमा यस्ता ५ चमत्कारीक रहस्य



एजेन्सी । भगवान श्रीकृष्णको जन्म रहस्यमयी छ । उनको गर्भबाट जन्म नभएको पनि भनिन्छ । श्री हरि विष्णुले माता देवकीको कोखबाट बालरुपमा जन्म लिएका थिए । यो पनि रहस्यको विषय बनेको छ । उनी प्रत्येक योगको अंगमा पारंगत भएकोले कृष्णलाई योगेश्वर पनि भनिन्छ । योगबाट नै उनले शरीर चलाएर देखाउथे ।

भगवान श्रीकृष्णको शरीरको छाला गहुँगोरो थियो । न कालो न गोरो । यसैकारण उनलाई श्याम भनिएको हो ।

-भगवान श्रीकृष्णको शरीरबाट एक मादक पदार्थको गन्ध निस्किइरहेको हुन्थ्यो उनले युद्धको समयमा गन्ध लुकाउन प्रत्येक समय प्रयत्न गरेका हुन्थे ।

-भगवान श्रीकृष्ण परमधाम जाने बेलामा उनको एउटा कपाल पनि सेतो भएको थिएन् नत कपाल झरेको थियो । उनी सधै जवान देखिन्थे । उनी ११९ वर्षको उमेरमा आफ्नो धाम फर्किएका थिए ।

-भगवान श्रीकृष्णको मांसपेशिहरु धेरै नरम थिए तर युद्धको समयमा उनका हड्डीहरु बिस्तार बढेर निकै कडा हुने गर्थे । सामान्य समयमा

-उनको शरीर सामान्यतया युवतीको जस्तै सुन्दर देखिन्थ्यो तर, युद्धको समयमा धेरै कडा हुन थाल्थ्यो ।

-कृष्णको कपाल घुम्रेको थियो र आँखा ठुला–ठुला थिए । उनको आम मानिसको भन्दा आँखा र कपाल फरक थियो ।

शरीरमा पँहेलो कपडा र टाउकोमा मोरको मुकुट, घाँटीमा बैजयन्तीको माला र हातमा बाँसुरी लगाएर उनको रुप मनमोहक देखिन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्