Logo

मेडिकल साइन्सलाई चुनौति दिँदै ६५ वर्षीया महिलाले जन्माइन् छोरी



एजेन्सी, २७ भदौ । मेडिकल विज्ञानको अनुसार ४५ वर्षसम्ममा महिलाले बच्चा जन्माउन सक्छन् । तर, जम्मु काश्मिरमा ६५ वर्षीया एक महिलाले छोरीको जन्म दिएकी छिन् । उनले बच्चाको जन्म दिएर मेडिकल सिद्धान्तलाई नै असफल गराइदिएकी हुन् ।

महिला यस्तो उमेरमा पनि आमा बन्दा डाक्टर पनि आश्चर्यमा परेका छन् । पत्नीले बच्चा जन्माएपछि ८० वर्षीय उनका पति पनि खुशी भएका छन् । यस्तो अनौठो घटना भारतको जम्मु–काश्मिरको पुछ जिल्लामा भएको हो । बच्चा जन्माएसँगै जम्मु काश्मिरमै सबैभन्दा धेरै उमेरमा बच्चा जन्माएको रेकर्ड पनि महिलाले बनाएकी हुन् ।

आमा र बच्चा दुवै अहिले स्वस्थ्य छन् । महिलाको १० वर्षको एउटा छोरा पनि छ । महिलाको पतिको नाम हाकिम दिन हो । उनीहरु पुंछको कैसैला सुरनकोटमा बस्छन् । हाकिमले केही दिन अघि पत्नीलाई अस्पताल भर्ना गरेको बताएका छन् ।

उनले धेरै उमेर भएको कारण सबै परिवारलाई तनाव भइरहेको अवस्थामा आमा र बच्चा दुवै स्वस्थ्य हुँदा निकै खुशी लागेको बताए । उनले सोमबार छोरीको जन्म दिएकी हुन् । उनका सबै परिवार पनि खुशी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्