Logo

प्रेमिकालाई डीएनए टेस्टिंग किट उपहार दिँदा ३० वर्ष पुराना रहस्य खुल्यो



एजेन्सी, २७ भदौ । उपहार त कसैलाई खुशी बनाउनको लागि दिइन्छ । तर एक प्रेमीले आफ्नो प्रेमिकालाई उपहार दिँदा परिवारमा खल्लिबल्ली मच्चिएको छ । उपहारले युवतीको जिन्दगी नै परिवर्तन भएको छ । ३० वर्ष परानो रहस्य उपहारल खोलिदिएको छ ।

वास्तवमा प्रेमीले क्रिसमसको अवसरमा आफ्नी पार्टनरको लागि डीएनए टेस्टिंग किट खरिद गरेका थिए, तर यस किटले उनकी प्रेमिकाको पुरै जिन्दगी नै बदलिएको छ । युवकको अनुसार प्रेमिकालाई दिएको उपहार टेस्ट किट रहेको थाहा पाएपछि आफ्नै परिवारको एक सदस्यको नाम पनि समावेश भएपछि कथाले अर्कै मोड लिएको थियो ।

किटमा समावेश भएको नाम प्रेमिकाको आफ्नै आमा र सौतेलो बहिनी थिइन् । तर, युवतीले यस बारेमा आमालाई सोध्दा सौतेलो बहिनीको बारेमा सबै अस्विकार गरिन् । त्यसपछि जान स्थिम नाम नै तोकेर व्यक्तिको बारेमा आमालाई सोध्दा सबैको होश उडेको थियो ।

वास्तवमा युवतीको सौतेलो बहिनीको पिताको नाम जान स्मिथ थियो । केही दिन अगाडी मात्र आमा पुर्व प्रेमीलाई भेट्न गएकी थिइन् । त्यसपछि उनी गर्भवती भएकी थिइन् । उनलाई थाहा थियो हुर्कदै गरेको बच्चाको पिता जान हुन् भनेर, तर कसैलाई भनिनन् । आफ्नो सौतेली छोरीको बारेमा सबै लुकाएर राखेकी थिइन् । आमाको यस्तो कुरा छोरीले सुनेपछि होश उडेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्