Logo

आज सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाण्डौं, २७ भदौ । साताको कारोबारको पहिलो दिन (आइतबार) आज सुन चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मुल्य आज ४ सय रुपैयाँ घटेको हो । प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको महासंघको भनाई छ । शुक्रवार सुन प्रतितोलामा ९० हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै, चाँदीको मुल्य आज शुक्रबार भन्दा तोलामा २० रुपैयाँ घटेको छ । आज प्रतितोला ११ सय ९५ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्