Logo

एमसीसीले विकास होईन, देशमा विनाश हुन्छ : प्रकाण्ड (भिडिओसहित)



काठमाडौं, २७ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले एमसीसी कुनैपनि हालतमा संसदबाट पारित गर्न नहुने बताएका छन् । उनले अमेरिकाले विगतको वर्चश्व कायम राख्छु भन्ने दुश्साहसको साथ एमसीसी नेपालमा ल्याउन खोजेको आरोप लगाए ।

उनले अमेरिकाको स्वार्थको कारण नेपालमा कहाँ खेल्न पाईन्छ ? भन्दै उनले प्रश्न गरे । उनले एमसीसी आउँदैमा नेपालमा कसरी विकास हुन्छ ? भन्ने प्रश्न गरे । उनले भने,‘एमसीसीले नेपालमा विकास होईन, विनाश हुन्छ ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।उनले एमसीसी खारेज गर्नुपर्ने बताए । आफूहरु खारेजीको माग गर्दै अब सशक्त रुपमा सडकमा आउने पनि तयारी भैरहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्