Logo

प्रतिनिधिसभाका हत्यारालाई बैठकमा आउने नैतिक अधिकार छैन् : वेदुराम भुषाल (भिडिओसहित)



काठमाडौं, २७ भदौ । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य डा. वेदुराम भुषालले मन्त्री बनाउने विषयमा पार्टीभित्र कुनै विवाद नभएको स्पष्ट पारेका छन् । उनले पार्टीले सहमति गरेर नै मन्त्रीहरु टुँगो लगाउने जानकारी दिए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरु सांसद होईन भनेर एमालेले भन्दैमा हुन्छ ? भन्दै प्रश्न गरे । उनले एमालेका सांसदहरु बरु संसदमा बस्न नमिल्ने बताए । दुई दुई पटक संसद् विघटन गर्नेहरु अहिले संसद् बैठकमा कुन मुखले आएको भन्दै भुषालले प्रश्न गरे । उनले माधव नेपालले प्रतिनिधिसभा बचाउनको लागि अग्रपँक्तिमा रहेर संघर्ष गरेको पनि स्मरण गराए ।

तर, एमालेका सांसदहरु त प्रतिनिधिसभाको हत्यारा भएको टिप्पणी गरे । र, उनीहरुलाई संसद् बैठकमा आउने नैतिक अधिकार नभएको पनि उनको भनाई छ । उनले अबको दुई÷/तीन दिनभित्रै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आफूहरुको समर्थन नरहेको चिठ्ठी जाने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्