Logo

बाइडेन प्रशासनको कमजोरी र अक्षमताले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भयो: ट्रम्प



एजेन्सी, २७ भदौ: पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेन प्रशासनको कमजोरी र अक्षमताले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता र तालिवानको कब्जाले अमेरिकी जनता र सेना लज्जित हुनु परेको बताएका छन् ।

पूर्व राष्ट्रपति ट्रम्पले अफगानिस्तानको घटनाले अमेरिकी राष्ट्रपति बाइडेनको परीक्षाको घडी नजिकिएको बताएका छन् । उनले भने, अमेरिकी सेनाको लज्जास्पद बहिर्गमन, १३ सैनिकको हत्या र तालिबानीहरूको दिग्विजयले अमेरिकालाई थप चिन्तित तुल्याएको छ, शनिवार आयोजित उक्त कार्यक्रमामा राष्ट्रपति बाइडेनले भने राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको एकता र सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गरेका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्