Logo

‘लप्पन छप्पन २’ शिवरात्रीमा प्रदर्शन हुने



काठमाडौं, २७ भदौ । मुकुन्द भट्टले निर्देशन गरेको फिल्म ‘लप्पन छप्पन २’ले फेरी प्रदर्शन मिति घोषणा गरेको छ । निर्देशक भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत महाशिवरात्रीको अवरसमा फागुन १३ गते फिल्म रिलिज गर्ने जानकारी दिएका हुन् ।

फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपबिक्रम शाहीलगायतको सशक्त अभिनय रहेको छ । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र फिल्मको कार्यकारी निर्मातामा रहेका छन् । फिल्मको पटकथा तथा संवाद सुनिल नेउरेको रहेको छ । फिल्मको ट्रेलरदेखि गीतसम्म सार्वजनिक भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्