Logo

भारतकी राष्ट्रिय खेलाडीको बलात्कार गरी क्रुरतापूर्वक हत्या



एजेन्सी, २७ भदौ । भारतको बिजनौर शहरकी २४ वर्षीया राष्ट्रिय खो–खो खेलाडीको बलात्कारपछि क्रुरतापूर्वक हत्या भएको छ । हत्या गरी उनको शरीरलाई बिजनौर रेल्वे स्टेशनमा फालिएको अवस्थामा शुक्रबार भेटिएको थियो ।

परिवारले आफ्नो छारी बलात्कृत भएको प्रहरीमा उजुरी दिएका थिए । त्यसकै आधारमा खोजीका क्रममा शव रेल्वे स्टेशनमा पाइएको थियो ।

प्रहरीको भनाईलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ,‘उनको शरिर बिजनौर स्टेशनमा पाइएको हो । शरिर नग्न अवस्थामा थियो भने, उनको केही दाँत फुस्केको, घाँटीमा डाम रहेको र अनुहारमा विभिन्न निशान देखिएको छ ।’

दलित समुदायकी उनले खो खो मा उत्कृष्ट प्रदर्शन गर्दै आएकी थिइन् । छोरीको शव प्राप्त भएपछि उनको अभिभावकले अन्तरवार्ताको क्रममा भनेको विषयलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ,‘मेरो छोरीले आफूभन्दा पहिले परिवारको बारेमा सोच्ने गर्थिन् । त्यसैले उसले आफ्नो क्यारियर त्यागेर पैसाको कारण प्रशिक्षण गर्ने गरेकी थिइन् । उसले विश्वविद्यालयमा शारीरिक शिक्षा अध्ययन गरिरहेकी थिइन् । कोरोना महामारीका कारण उसले आफ्नो जागिर गुमाउनु परेको थियो ।’

शनिबार उनको पोस्टमार्टम रिपोर्टले हत्या बाहेक कुनै प्रमाण नभेटिएको बिजनौरका एसपी धरमवीर सिंहले जनाएका छन् । पोस्मार्टमको रिर्पोट अनुसार उनको घाँटी थिची हत्या गरेको उल्लेख छ । हत्याबाहेक कुनै अपराध उनीमाथि नघटेको भनिएको छ । उनको परिवारलाई भने उक्त रिर्पोट प्रष्ट नरहेको जनाएको थिए । उनको परिवारले शरीरमाकपडा नरहेको, दाँत फुस्केको र अनुहारमा देखिएको निशानले छोरीमाथि जबरजस्ती भएको प्रष्ट बुझिन्छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्