Logo

बिकिनीमा खुलेकी सारा



एजेन्सी, २७ भदौ । बलिउडको चर्चित अभिनेत्री सारा अली खान सामाजिक सञ्जालमा निकै संक्रिय छिन् । उनले फ्यानहरुलाई आफ्नो आकर्षक र ग्ल्यामरस तस्विर शेयर गर्दै आएकी छिन् ।

भर्खरै मात्र साराले बिकनी लगाएको केही आकर्षक तस्विर शेयर गरेकी छिन् । अहिले उनका तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सारा हाल माल्दिम्भमा छुट्टी मनाउदै छिन् ।

तस्विरमा साराले नियोन कलरको बिकिनी लगाएकी छिन् । उनले यसको साथै कलरफुल प्रिंन्टेड सांरान्ग कैरी पनि गरेकी छिन् । नो मेकअप लुकमा सारा अत्यन्तै सुन्दर देखिएकी छिन् ।  तस्विरमा सारा अली खानले अत्यन्तै हट पोज दिइरहेको देख्न सकिन्छ । तस्विर शेयर गर्दै साराले क्याप्सनमा लेखेकी छिन्,‘प्रत्येक दिन कसैको जज नगर्नु ।’

उनी पछिल्लो समय वरुण धमनको फिल्म ‘कुल्ली नम्बर १’ मा देखिएकी थिइन् । सारा अब चाँडैनै अक्षय कुमार र धनुषको साथमा फिल्म ‘अन्तरंगी रे’ मा देखिदै छिन् ।



प्रतिक्रिया दिनुहोस्