Logo

लोसपा एमसीसीको पक्षमा



काठमाडौं, २७ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो दल मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले एमसीसी पारित गर्न आफूहरुबाट कुनै समस्या नरहेको समेत बताएका छन् ।

आज एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको टोलीसँग मेरियट होटलमा भेटवार्ता गर्दै ठाकुरले दलको धारणा खुलाएका हुन् । भेटमा सहभागी एक नेताका अनुसार ठाकुरले स्पष्ट शब्दमा लोसपा एमसीसीको पक्षमा रहेको बताए । उनले सत्ता गठबन्धनभित्र मतभेदले एमसीसी पारित गर्न समस्या खडा गरिएको बताएका थिए ।

ठाकुरसहित लोसपा नेता राजेन्द्र महतो भेटमा सहभागी थिए । दुवैबीच एमसीसीको उद्देश्यबारे छलफल केन्द्रित भएको थियो ।

अहिलेसम्म एमसीसीबारे नेपाली काँग्रेस र लोसपा पारित गर्ने पक्षमा उभिएका छन् । अरु दलहरुको भने सर्त देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्