Logo

प्रहरी हुँ भनि सर्वसाधरणलाई धम्काउने १ जना पक्राउ



बाँके, २७ भदौ । प्रहरी हुँ भनि सर्वसाधरणलाई धम्काउने १ जना पक्राउ परेका छन् । प्रहरी हुँ भनि सर्वसाधरणलाई धम्काएको अभियोगमा कालिकोट खाडाचक्र नगरपालिका ६ बस्ने १९ वर्षीय लक्ष्मण शाहीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

नेपालगंज उपमहानगरपालिका २ बागेश्वरी मन्दिर परिसर नजिकको पार्कमा आफूलाई प्रहरी हुँ भनि सर्वसाधरण नागरिकलाई धम्काई जाँच तथा सोधपुछ गर्ने शाहीलाई वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्