Logo

संसद् अवरोध खुलाउन सभामुख सापकोटा एमाले नेताहरुसँग छलफलमा



काठमाडौं, २७ भदौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा संसद्को अवरोध खुलाउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता खगराज अधिकारी र प्रमुख सचेतक विशाल भट्टराईसँग छलफलमा छन् ।

आजको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेका थिए । बैठकमा अवरोध गरेपछि सभामुख एमाले सांसदहरुसँग छलफलमा बसेका हुन् । उक्त छलफलमा सरकारको तर्फबाट कानून, न्याया तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि छन् ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot