Logo

एमालेले संसद् अवरुद्ध पार्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, २७ भदौ । आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध गरेको छ । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले नाराबाजी गरेर संसद् बैठकमा अवरोध गरेका थिए ।

आफ्नो पार्टीले निश्काषन गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै एमाले सांसदहरुले भदौ २३ गतेदेखि संसद् बैठक अवरुद्ध पार्दै आएका छन् ।

सोहीअनुसार आजपनि बैठक अवरुद्ध भएको हो । एमाले सांसदहरुले संसद्मा नाराबाजी गरेपछि सभामुखले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार संकुचन गर्न नहुने भन्दै ध्यानाकार्षण गराएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot