Logo

स्वास्थ्य सेवा पाउने मौलिक हकमा हस्तक्षेप नगर्न मन्त्रालयको आग्रह



काठमाडौं, २७ भदौ । स्वास्थ्य मन्त्रालयले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी चिकित्सक तथा कर्मचारीहरुको आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । मन्त्रालयले एक सुचना जारी गर्दै आज आन्दोलनरत पक्षले उठाएका धेरै माग सम्बोधन गरिसकेको र केही विषयमा अनुसन्धान गरिरहेको भन्दै आन्दोलन फिर्ता गर्न अनुरोध गरेको हो ।

मन्त्रालयले २५ प्रतिशत सिनेटरले हस्ताक्षर गरी कु्लपति समक्ष पेस गरिसकेको र चाँडै नै उपयुक्त समयमा प्रक्रिया अनुसार छानबिन गरी पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने समेत जनाएको छ ।

भदौ २० गतेदेखि इमजेन्सी, कोभिढ–१९ र पुर्वनिर्धारित परीक्षा बाहेकका सेवा अबरुद्ध गरीरिहेको अवस्थामा मन्त्रालयले आन्दोलन फिर्ता लिन आग्रह गरेको हो । उपकुलपति प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएकोले प्रचलित कानुन बमोजिमको प्रक्रिया शुरु भैसकेको पनि मन्त्रालयले सुचनामा उल्लेख गरेको छ । उच्चस्तरिय छानबिन आयोग सिनेट बैठकबाट नै गठन हुने पनि जनाइएको छ।

 



प्रतिक्रिया दिनुहोस्