Logo

इन्फिनिटी लघुवित्तको सञ्चालकमा कर्माचार्य



काठमाडौ, २७ भदौ । इन्फिनिटी लघुवित्त वित्तिय संस्थाले सञ्चालकमा रमेश कुमार कर्माचार्यलाई नियुक्त गरेको छ । कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकमा कर्माचार्यलाई नियुक्त गरेको जानकारी दिएको छ ।

कर्माचार्यले संस्थाका अध्यक्ष खेमराज नेपालसमक्ष पद तथा गोपनियताको पदभार ग्रहण समेत गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्