Logo

सोम पाण्डे र माया ज्ञवालीलाई कारबाही नगर्न सर्वोच्च अदालतको आदेश



काठमाडौं, २७ भदौ । सर्वोच्च अदालले सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई तत्काल कुनै कारवाही नगर्न आदेश दिएको छ । माधव नेपालले पार्टी विभाजन गर्दा नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेका पाण्डे र भट्टको सनाखत गरेको थिएन ।

आयोगले आफूहरुको हस्ताक्षर सनाखत नगरेको भन्दै सांसदद्धय पाण्डे र भट्ट अदालत गएका थिए । आज न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ गतेसम्म सांसदद्धयमाथि कुनै कारबाही नगर्न आदेश दिएको हो । अदालतले दुवै पक्षलाई छलफलका लागि भदौ २९ गतेको लागि बोलाएको हो । file photo

 



प्रतिक्रिया दिनुहोस्