Logo

आनीको गणेश मन्त्र भारतमा भाइरल(भिडियोसहित)



एजेन्सी, २७ भदौ । नेपालकी लोकप्रीय गायिका हुन आनि चोइङ । उनी नेपालमा जति लोकप्रीय छिन् भारतमा पनि लोकप्रीय हुनथालेकी छिन् ।

बौद्व धर्मावलम्बी अनी चोइङले गणेश मन्त्र गाएपछि भारतमा भिडियो भाइरल भएको छ । भारतका प्रतिष्ठित उद्योगपति हर्ष गोइन्काले सामाजिक सञ्जाल ट्वीटर मार्फत अनीको भिडियो शनिबार सार्वजनिक गरेका हुन् ।

अनीले जर्मनीको म्युनिख शहरमा भएको कन्सर्टमा उक्त मन्त्र गाएकी थिइन् । उक्त भिडियोले मन छोएको भन्दै उद्योगपति गोइन्काले ट्वीट्मार्फत सार्वजनिक गरेका छन् । अपलोड भएको भिडियो करिब ३५ हजार भन्दा बढीले हेरिसकेका छन् । सामाजिक सञ्जालकर्ताहरुले उक्त भिडियोले मन्त्रमुग्ध भएको बताइरहेका छन् ।

उनी तिब्बती मूलकी नेपाली बौद्व धर्मावलम्बी भएको भारतीय मिडियाले लेखेका छन् । उनले एआर रहमान सँग सन् २०१३ मा गीत गाएकी थिइन् ।-Photo: Agency

 



प्रतिक्रिया दिनुहोस्