Logo

आज ७१ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार



काठमाडौं, २७ भदौ । साताको कारोबारको पहिलो दिन आज नेप्से भारी अंकले बृद्धि भएको छ । नेप्से परिसुचक आज ७१ दशमलव ४३ अंकले बढेर २९ सय ४७ दशमलव ४२ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव ३ अंकले बढेर ५४८ दशमलव २९ विन्दुमा रोकिएको हो ।

आज नेप्सेको अनुसार २३१ कम्पनीको अनुसार ९६ हजार ५ सय ९१ पटक कारोबार भएर ९ अर्ब ४४ करोड ३५ हजार २ सय ४४ रुपैयाँ बराबरको १ करोड ७१ लाख ३ सय ३३ कित्ता शेयर खरिद बिक्रि भएको हो । नेप्सेमा आज हरियाली छाएको छ म्युच्युअल फण्डबाहेक अन्य समुहको सुचक बढृेको हो ।



प्रतिक्रिया दिनुहोस्