Logo

१८ महिनापछि बङ्गलादेशका विद्यालय खुले



एजेन्सी, २७ भाद्र । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । आइतबारबाट कक्षा १२ सम्मका विद्यार्थीहरु विद्यालय गएका हुन् ।

कोरोना भाइरसको महामारीका कारण बङ्गलादेशमा विद्यालयहरु बन्द थिए । कडा स्वास्थ्य सुरक्षा पालना गरेर माध्यमिक र उच्च माध्यमिक तहका परीक्षाहरु सुरु भएका हुन् ।

विद्यालय खुलेपनि बहुसंख्यक विद्यार्थीहरु पुगेनन् । कक्षा ५, १० र १२ का विद्यार्थीहरु देनिक विद्यालय जाने गरी खुलेको हो । अन्य कक्षाका विद्यार्थीहरु हप्ताको एक दिन मात्र विद्यालय जानुपर्ने नियम छ ।



प्रतिक्रिया दिनुहोस्