Logo

आज यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, २५ भदौ । नेप्से आज ७१ अंकले बढ्दा ९ अर्ब बढीको कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार नेप्सेले जनाएको छ । कम्पनीको आज ७३ करोड ७७ लाख बढीको कारोबार भएको छ ।

त्यस्तै, यूनाइटेड मोदी हाइड्रोपावरको आज ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी, अपि पावर कम्पनीको ३१ करोड ५१ लाख, नेशनल हाइड्रोपावर कम्पनीको २९ करोड ३४ लाख, अपर तामाकोशीको २५ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

२३१ कम्पनीको अनुसार ९६ हजार ५ सय ९१ पटक कारोबार भएर ९ अर्ब ४४ करोड ३५ हजार २ सय ४४ रुपैयाँ बराबरको १ करोड ७१ लाख ३ सय ३३ कित्ता शेयर खरिद बिक्रि भएको हो । नेप्सेमा आज हरियाली छाएको छ म्युच्युअल फण्डबाहेक अन्य समुहको सुचक बढको हो ।



प्रतिक्रिया दिनुहोस्