Logo

अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने ३ जना सार्वजनिक



काठमाडौं, २७ भदौ । काठमाडौंंको पुरानो बानेश्वर स्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने गिरोहलाई प्रहरीले आज सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर कामठाडौंले बम राख्ने समुहका सदस्यलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धादिङ घर भई हाल फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर र उनकै २० वर्षीय भाई अभिषेक कुँवर र रोल्पाका ४० वर्षीय अम्मर बहादुर रोक्का मगर रहेका छन् । अस्पतालका चिकित्सकलाई भदौ २४ गते आशिषले पटक–पटक फोन गरेर अस्पताललाई बम पड्काएर ध्वस्त पार्ने धम्की दिएका थिए ।

प्रहरीको अनुसार आशिषल चिकित्सकलाई आफ्नो घर र अस्पतात बचाउने भए मागेजति रकम लिएर नागढुंगा आउन भनेका थिए । भदौ २५ गते उक्त आँखा अस्पतालमा नक्कली बम राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्