Logo

एमसीसीबारे हामीले धारणा बनाएका छैनौं, पास गर्न सरकारसँग बहुमत छ : डा. भट्टराई (भिडिओ सहित)



काठमाडौं, २७ भदौ । नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीले एमसीसीबारे अहिले कुनै पोजिसन नबनाएको स्पष्ट पारेका छन् । सत्तासिन दलहरुले धारणा बनाएपछि आफ्नो पार्टीले धारणा बनाउने उनको भनाई छ ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हाम्रो पार्टीले अहिले एमसीसीको बारेमा कुनै धारणा बनाएको छैन् एमसीसीको बारेमा वर्तमान सरकारले के गर्दैछ भन्नेबारे औपचारिक जानकारी छैन् । सरकारले एमसीसी ल्याउन खोजेको हो कि होईन ? सरकारले उपाध्यक्षसँग के कुरा गर्यो ? हिजो एउटा धारणा बनाएका सत्तासिन दलमा एउटा धारणा छ, हिजोकै मत छ कि अर्को मत छ ? सत्तासिन दलमा के छ भन्नेबारे हामी बेखबर र्छौं । हाम्रो भूमिका प्रतिपक्षी दलको हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमसीसी पारित गराउनको सरकारलाई आफूहरुको आवश्यकत्ता नै नपरेको पनि सुनाए । उनले भने,‘एमसीसी पास गर्नको लागि हाम्रो आवश्यकत्ता रहन्छ भन्ने कुरा वर्तमान सरकारलाई लागिरहेको छैन् । सरकारसँग बहुमत छ । एमसीसी पास गर्न जम्मा १३६ मत भए पुग्छ । पारित गर्नको लागि त सामान्य बहुमत भए पुग्छ । सरकारसँग २९ मत बढि छ । सरकारसँग अहिले कम्फर्टेबल अवस्था छ । तर, सरकारले हामीसँग अहिलेसम्म यसबारेमा कुनै छलफल गरेको छैन्, हाम्रो तर्फबाट हामीसँग किन कन्सल्ट गरिएन भन्ने पनि छैन् ।’

उनले एमसीसीबारे एमालेको अहिले पोजिसन तय नभएको पनि स्पष्ट पारे । उनले भने,‘औपचारिक रुपमा अहिलेसम्म कुनै कुरा नआएकोले हामीले औपचारिक धारणा बनाएका छैनौं ।’



प्रतिक्रिया दिनुहोस्