Logo

जनता र समाजलाई केन्द्रमा राखेर राजनीति गरिनुपर्छ : माधव नेपाल



काठमाडौं, २७ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सिद्धान्तको कुराभन्दापनि जनताको सेवा गर्नुपर्ने बताएका छन् । उनले सिद्धान्तलाई आफूहरुले व्यवहारमा रुपान्तरण गरेको पनि जिकिर गरे । कतिपय कुरा आफूहरुले व्यवहारिक रुपमा सच्याएको पनि उनको भनाई छ ।

आज (आईतबार) काठमाडौंको प्रज्ञा भवनमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा पुस्तक विमोचन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सिद्धान्त त जनताको भावना र मनसँग जोडिनुपर्ने पनि उल्लेख गरे ।

कोही पनि मनोगत ढंगले अघि बढ्न नहुने उनको तर्क छ । उनले सिद्धान्त र विचार सही लिनुपर्नेमा जोड दिए । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा पनि यस्तो भएको सुनाए । कतिपय नेतालाई गद्दार भनिएको र दस्तावेज पनि लेखिएको तर पछि सच्याएको ईतिहास भएको पनि उनले स्मरण गराए । उनले जनता र समाजलाई केन्द्रमा राखेर राजनीति गरिनुपर्ने बताए ।\

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot