Logo

मिथिला संस्कृती अध्ययन केन्द्र निर्माण गर्न ब्राहमण महासभाको ‘एक घर एक ईट्टा’ अभियान



काठमाडौँ, २७ भदौ। मिथिला संस्कृती अध्ययन केन्द्र निर्माणका लागि मैथली ब्राहमण महासभाले ‘एक घर एक ईट्टा’ अभियान सञ्चालनमा ल्याएको छ । २६ जिल्लाका ब्राहमण समुदायको हरेक घरबाट एक घर एक ईट्टा संकलन गरी जनकपुरधाम उपमहानगरपालिकामा मिथिला संस्कृती अध्ययन केन्द्र निर्माण गर्ने अभियान थालिएको ब्राहमण महासभाका केन्द्रिय अध्यक्ष ई. भगवान झाले बताए ।

प्रदेशसभा सदस्य परमेश्वर साहको संसदिय कोषबाट २५ लाख तथा जनकपुरधाम उपमहानगरपालिकाको ५ लाख बजेटबाट अहिले सम्म केन्द्रको फाउन्डेशनको काम भएको छ । प्रदेश सरकारले केन्द्र स्थापनामा सहयोग गर्ने भनिएपनि अहिले आएर पछि हटेकाले आफुहरु आ–आफनै प्रयासबाट जति सक्दो चाँडो केन्द्र निर्माणका लागिपरेको झाले बताए ।

 

२६ जिल्लामा लगातार २६ वटा प्रत्येक शनिवार कुनै एक स्थानमा सत्यनारायण भगवानको पुजापाठ सहित बैठक गरेर एक घर एक ईट्टाको सहयोग संकलन गर्ने कार्यक्रम रहेको झाले बताए । अभियानको असोज २ गते शनिवार महोतरीको पिपराबाट थालनी हुने समेत उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्