Logo

‘म राजनितीक लडाइँमा छु र मैले हजारौंको जुलुस या साथ खोजिरहेको छैन’ : विपिन अधिकारी



काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका युवा नेता विपिन अधिकारीले आफू राजनीतिक लडाईँमा रहेको उल्लेख गर्दै आफूले हजारौंको जुलुश अथवा साथ नखोजेको पनि स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले विम्बात्मक रुपमा तीन थरी व्यक्तिको साथ खोजेको भन्दै पहिलो बारुद बोक्न सक्ने, दोस्रो बम प्रहार गर्ने र तेस्रोमा रेस्क्यु गर्ने भनेर उल्लेख गरेका छन् ।

उनले लेखेका छन्-

म राजनितीक लडाइँमा छु र मैले हजारौंको जुलुस या साथ खोजिरहेको छैन। खोजेको छु केबल तीन ब्यक्तिको साथ।
१) बारुद बोक्न सक्ने २) बम प्रहार गर्ने ३) रेस्क्यु गर्ने
#बारुद_बोक्न_सक्ने
जसले काङ्ग्रेसको आदर्श बुझेको छ, सिद्धान्त प्रती कटिबद्ध छ, देश बिदेशको ज्ञानको भन्डार छ, जीवन उपयोगी सिप कौशल छ, , काङ्ग्रेस लाई पुनर्जीवन दिने नीति योजना र कार्यक्रम छन उ मान्छे नै राजनितिक लडाइको पहिलो आबस्यक ब्यक्ती हो त्यसैले जसरी युद्धमा जादा हतियार भित्र बारुद चाहिन्छ त्यसैगरी राजनितिक बारुद बोक्न सक्ने एक सारथि रोजाइ हो।
#बम_प्रहार_गर्न_सक्ने
राजनितिक लडाइको दोस्रो शक्ति बम हान्न सक्ने ब्यक्तिको साथ हो। चुनाबी दौरानमा बिपक्षी भनौं या प्रतिस्पर्धा मा उतृने अन्य राजिनितिक दलका नीति योजना र कार्यक्रमलाई प्रहार गर्नु, क्षतबिक्षत बनाउनु, पकड धोस्त बनाउनु, र आफ्ना योजनाले न्याक्न सक्ने बनाउनु, जस्ता ब्यक्तिको साथ अपरिहार्य हो।
#रेस्क्यु_गर्ने
नेता र नेतृत्व बाट पहुँच बाट टाढा भएको , स्वाबलम्बी , आदर्शबान , आर्थिक स्थितिले कमजोर भएको तर आफ्नो सिद्धान्त प्रती अबिचलित , निष्ठा र इमानदारिताको अग्लो कद भएको , आफ्नै बिस्वासमा उभिन सक्ने ब्याक्ती मेरो रोजाइ हो। यस्ता ब्यक्तिहरुलाइ निस्चित ठाउमा , पदमा पुर्याउदा संगठनले ठूलो लाभ लिन सक्छ यी बक्तिहरुलाइ रेस्क्युगर्ने हाम्रो दायित्व हो ।यो हामिले पूरा गर्नुपर्छ।।

अधिकारी तनहुँ क्षेत्र न १ महाधिवेशन प्रतिनिधि उम्मेद्धवार हुन ।



प्रतिक्रिया दिनुहोस्