Logo

एमसीसी पास हुनेमा फतिमा ढुक्क



काठमाडौं, २७ भाद्र । नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सोमार उक्त परियोजना संसदबाट पारित हुनेमा ढुक्क देखिएकी छिन् । भ्रमणका क्रममा प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटेपछि आज होटर मेरियटमा पत्रकार सम्मेलन आयोजना गरी एमसीसी सम्झौतापछि बनेका ८ वटा सरकारले कार्यान्वयनको प्रतिवद्धता जनाएको समेत खुलाइन् ।

एमसीसी चाँडै अनुमोदन भई कार्यान्वयनमा जाने विश्वास व्यक्त गरिने । ‘अनुमोदन जतिसक्दो चाँडो होस् भन्ने हाम्रो चाहना छ,’ सोमारले भनिन्, ‘म निकै आशावादी छु ।’ उनले राजनीतिक दलहरुलाई एमसीसी छिटो भन्दा छिटो अनुमोदन गरेर कार्यानवयनमा लाने मार्ग खोल्न आग्रह समेत गरिन् ।

आफूले राजनीतिक दलका नेताहरुसँगको भेटमा एमसीसीबारे स्पष्ट पारेको र जतिसक्दो छिटो कार्यान्वयनमा लानका लागि अनुमोदनको आग्रह गरेको पनि बताइन् । उनले एमसीसी नेपालको आर्थिक विकाससँग जोडिएको बताइन् । उनले भनिन्, ‘यसले नेपालको थलिएको अर्थतन्त्रलाई फाइदा पुग्छ ।’

चार दिने नेपाल भ्रमणका लागि बिहिबार आएकी फतिमा सोमारले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, लोसपा अध्यक्ष महन्थ ठाकुर, अर्थमन्त्री जर्नादन शर्मा, ऊर्जामन्त्री पम्फा भुसालसँग भेटवार्ता गरेकी छिन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्