Logo

नेपाल र बँगलादेशबीच बराबरी



काठमाडौं, २७ भाद्र । नेपाल र बँगलादेशबीच महिलातर्फबो दोस्रो मैत्रीपूर्ण फुटबल प्रतिष्पर्धा बराबरीमा सकिएको छ । दशरथ रँगलाशामा भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि बराबरी भएको हो ।

नेपालले गोलका थुप्रै अवसरहरु पाएपनि गोल गर्न सकेन । खेलमा नेपाल आक्रामक रुपमा प्रस्तुत भएको थियो ।

यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २-१ ले विजयी बनेको थियो । समग्रमा मैत्रीपूर्ण खेलमा नेपाल बलियो देखियो ।

नेपालले एएफसी महिला एशियन कम २०२२ को छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो । प्रतियोगितामा भाग लिन नेपाली महिला टोली भोलि सोमबार उज्वेकस्तान प्रस्थान गर्दैछ ।



प्रतिक्रिया दिनुहोस्