Logo

उत्तर कोरियाद्वारा १५०० किलोमिटर टाढासम्म मिसाइल परीक्षण



एजेन्सी, २८ भाद्र । उत्तर कोरियाले लामो दूरीको मिसाइल परीक्षण गरेको छ । सोमबार उत्तर कोरियाको राष्ट्रिय मिडियाले सफल परीक्षण भएको जनाएको छ ।

मिसाइल १५०० किलोमिटर टाढा लक्ष्यमा पुगेको थियो । यो जापानलाई प्रहार गर्न सक्षम रहेको उल्लेख छ ।

उत्तर कोरियाले बेला बेलामा मिसाइल परीक्षण गर्दै आएको छ । उत्तर कोरियामा कम्युनिस्ट शासन स्थापनाको ७५औं वर्ष पुग्नै लाग्दा मिसाइल परीक्षण गरेको हो ।



प्रतिक्रिया दिनुहोस्