Logo

मेडभेडेभलाई युएस ओपनको उपाधि, जोकोभिक किर्तिमानी खेलाडी बन्नबाट रोकिए



एजेन्सी, २८ भाद्र । युएस ओपन टेनिस जितेको भए सर्वियाका नोभाक जोकोभिक २१ वटा ग्रान्डस्लाम जितेर किर्तिमान बनाउन सफल हुन्थे । तर, उनलाई आज विहान भएको फाइनलमा रुसका डानिल मेडभेडेभले सोझो सेटमा पराजित गरी रोकिदिए ।

विश्व नम्बर एक जोकोभिकलाई ६-४, ६-४ र ६-४ को सेटमा मेडभेडेभले पराजित गरे । उत्कृष्ट लयमा रहेका २५ वर्षीय मेडभेडेभले पहिलो ग्रान्डस्लामको उपाधि जितेका छन् ।

यसअघि दुई पटक ग्रान्डस्लाम फाइनलमा पुगेपनि उनी पराजित भएका थिए । निकै कुशलतापूर्वक खेल कौशल प्रदर्शन गर्ने मेडभेडेभले यसपटक धैर्यपूर्वक खेलेर जोकोभिकलाई रोकिदिए ।



प्रतिक्रिया दिनुहोस्