Logo

डिप्रोक्स लघुवित्तको ३५ लाख कित्ता शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, २८ भदौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि बिक्रिमा ल्याएको ३५ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले शेयरधनी विष्णु प्रसाद पाठकले विक्री गर्न चाहेको उक्त शेयर भदौ २८ गते (आज)सम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो ।

प्रतिशेयर मुल्य प्रतिकित्ता ६ सय ८५ रुपैयाँ तोकिएको हुनाले शेयर खरिदका लागि तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरेर न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

संस्थाले भदौ २८ गते (आज) ४ बजे विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको पुतलिसडक, काठमाडौंमा खोलिने कायक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्