Logo

प्रिमियर लिगमा लिड्समाथि लिभरपुलको जित



काठमाडौं, २८ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लिड्स युनाईटेडमाथि जित निकालेको छ ।आइतबार राति भएको खेलमा लिभरपुलले लिड्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
लिड्सको मैदानमा खेलको २०औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

साथै, खेलको ५० औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए ।खेलको ६०औं मिनेटमा पास्कल स्ट्रूजीकले रातो कार्ड पाएपछि लिड्स १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि खेलको इन्जुरी समयमा मानेले गोल गर्दै लिभरपुललाई ३–० को जित दिलाए । जितसँगै लिभरपुल ४ खेलमा १० अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्