Logo

नेपाल फाइनान्सको २८औं साधारण सभा सम्पन्न



काठमाडौं, २८ भदौ । नेपाल फाइनान्सले २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको सभा बिहान ११ बजे केन्द्रीय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

कम्पनीले असोज १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १ः १.७५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम चुक्ता पूँजीको १ः०.७० को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सभामा पेश गरी पारित गरेको छ ।
अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गरेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्