Logo

एमालेले निष्कासन गरेका १४ सांसदको वैधानिक हैसियत आज टुंगो लाग्दै



काठमाडौं, भदौ २८ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको मुद्दामा अन्तरिम आदेशबारे छलफलका लागि आज सुनुवाइ हुँदैछ। सर्वोच्चले न्यायाधीशहरू दीपक कार्की र मीरा खड्काको इजलासमा अन्तरिम आदेश दिन पर्ने वा नपर्ने भन्ने सन्दर्भमा दुवै पक्षले बहस गर्नेछन् ।

एमालेले साउन २५ को केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।

दल दर्ताविरुद्ध नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वारेसनामामार्फत् भदौ १७ मा तीन रिट दर्ता गराएका थिए। रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसद पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ।

रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले २२ भदौमा अन्तरिम आदेशबारे छलफलका लागि दुबै पक्षलाई बोलाउन आदेश गरेको थियो।



प्रतिक्रिया दिनुहोस्