Logo

इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानको जित



काठमाडौं, २८ भदौ । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले जित निकालेको छ ।आइतबार राति भएको खेलमा मिलानले लाजियोलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४५औं मिनेटमा राफेलले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।

फ्रान्क किस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् ।त्यस्तै खेलको ६७औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै मिलानलाई २–० को जित दिलाए । जितसँगै मिलानले ३ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्